२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिंसा दिवसमा आठ जिल्लामा प्रदर्शन : जेष्ठ नागरिक दिवसमा सहयोग



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा शनिबार मानव अधिकार तथा शान्ति समाजले ८ जिल्लामा प्रदर्शन गरेको छ । काठमाडौं, रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा अहिंसा: पवित्र एवं गौरवमय मार्ग भन्ने सन्देशसहित प्रदर्शन गरेको हो ।

१५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोवर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान पनि गरियो ।यस दिवस मनाउने निर्णय गरेको थियो । 

अक्टोवर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । सन् २००७ मा राष्ट्रसंघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोवर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस १ अक्टोवरका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाले असोज १५ गते निजानन्द आश्रम (टौदह)लाई खाद्य सामग्री सहयोग गरेको छ ।  

त्यसैगरी रुपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको थियो । यस्तै शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि जेष्ठ नागरिक दिवसमा सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।




भर्खरै