• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान (भिडियोसहित)



file

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गर्नु भएको छ ।

गृहमन्त्री खाँणले बेरुजु फस्र्यौटमा गम्भिर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराउनु भयो । सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाईमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पूँजीगत खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था आउन नदिन पनि सबै सरकारी निकायलाई आग्रह गर्नु भयो । उहाँले पूँजीगत खर्चको व्यवस्थापन गर्दै जनतालाई प्रतिफल दिनेगरी विकास, निर्माणको काममा तीव्रता दिन जरुरी रहेको पनि बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नु भयो, ‘नेपाल सरकारका समग्र विभागहरुलाई बेरुजु फस्र्यौटमा गम्भिर हुन, बजेटलाई नियमसम्मत रुपमा खर्च गर्न र हरहिसाव दुरुस्त राख्नका साथै बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल गर्न मिहिनेत गर्नुस् भनेर आह्वान गर्न चाहन्छु । हामी कहाँ बजेट बनाउँदाखेरी पहिलो त्यो घाटाको बजेट बनाएकै हुन्छौं । चालू खर्च चाँही बढेर जान्छ । पूँजीगत खर्च चाँही हामीले गर्न सक्दैनौं । अव त्यसमाथि झन बेरुजु आएर अर्को वर्ष त्यसको निरन्तरतामा पनि कठिनाई आउँछ ।

त्यसकारण पूँजीगत खर्चतर्फ पनि हामी जिम्मेवार हुन जरुरी छ । किनकी भौतिक विकास र विकासले जनतालाई सबल बनाउँछ । विकास, निर्माणको प्रतिफल जनतामा पुर्याउँछ। त्यसकारणले गर्दाखेरी हामीले भौतिक क्षेत्रमा गरिने खर्चलाई पनि हामीले व्यवस्थित गर्न जरुरी छ । खर्च गर्न नसकेर बजेटनै ल्याप्स हुने अवस्था नआओस् ।’

गृहमन्त्री खाँणले नेपाल प्रहरी र सशष्त्र प्रहरी बल, नेपालले बेरुजु फस्र्यौट कार्यमा उत्कृष्टता हासिल गरेको भन्दै प्रशंशा समेत गर्नु भयो । कार्यक्रममा बोल्दै सशष्त्र प्रहरी बल, नेपालका महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भएपनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले संगठनमा रहँदा आफूले देश र जनताको सेवामा समर्पित भएर लागेको र त्यो अनुभवलाई आउने दिनमा पनि प्रयोगमा ल्याउने कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा मन्त्री खाँणले खनाललाई उत्कृष्ट बेरुजु फस्र्यौट सम्मान पनि प्रदान गर्नु भएको थियो ।