धनुषा । जिल्लाको सबैला नगरपालिकाका स्थानीयले नगरका कर्मचारीको विरोध जनाउन अनौठो तरिका अपनाएका छन् । उनीहरुले नगरपालिका पदाधिकारीलाई भैंसीको संज्ञा दिँदै विरोध जनाएका हुन् ।
यसअघि भ्रष्टाचार–काण्ड विरुद्ध १४ दिनदेखि अनसन बसेपनि उनीहरुको मागलाई सम्बोधन नगरिएको भन्दै विरोधमा उत्रिएका हुन् ।