काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राखिने भएको छद ।
यसअघि ३ उपाध्यक्ष भनिएकोमा सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय भएको उपमहासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।
यसअघि १३ पदाधिकारी रहेको एमालेमा अब १५ पदाधिकारी हुने भएका छन् ।
यसअघि विधानबाट हटाइएको उपमहासचिव पद फिर्ता भएको छ । तर, यसअघि दुई उपमहासचिव रहेकामा अब एकमात्र उपमहासचिव रहने उपमहासचिव पौडेलले जानकारी दिनुभयो ।