• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ



जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उहाँमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । रासस