५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत खाना किन छ स्वस्थकर ?



अ+ अ-

परम्परागत नेपाली खाना स्वस्थकर छ । यसमा भिटामिन, कार्बोहाइड्रेड, प्रोटिन, सूक्ष्म पोषण तत्व पर्याप्त छ । खाना पकाउँदा लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, धनियाँ, जीरा, मरिच, दालचिनी, टिम्बुर, जिम्बु, कागती आदि औषधीय गुण भएका वस्तुको प्रयोग गरिन्छ । स्वाद र स्वस्थता दुवै पाउनु नेपाली परम्परागत खानाका विशेषता हुन् । यसरी पकाएको भोजनमा रोगसँग लड्ने शक्ति छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ ।

चामल, दाल गहुँ, कोदो फापर, जुनेलो, उवा, तरुल, चुकन्दर, सखरखण्ड, कर्कलो, सिस्नुजस्ता खाद्यवस्तु पौष्टिकताले भरिपूर्ण छन् । चेपाङहरुले खाने गिठ्ठा, भ्याकुर आदि पनि ऊर्जाका स्रोत हुन् । यिनमा रेसादार पदार्थका साथै सूक्ष्म पोषक तत्वहरु पनि हुन्छ ।

यसको साथै हाम्रा वर्षभरिका परम्परागत चाडपर्वहरु पनि पौष्टिक भोजनसँग जोडिएका छन् । वैशाखको अक्षय तृतियामा खाइने जौको सातु र सर्वत गर्मीमा लाभदायक छ । असार १५, साउने सङ्क्रान्ति, साउन १५, जनै पूर्णिमा, ठूलो एकादशी, दशैँ, तिहार, छठ, लोसार, माघे सङ्क्रान्ति आदि चाडपर्वमा खाने भोजन समयअनुसार आवश्यक पर्ने पौष्टिक खानासँग सम्बन्धित छन् ।पहिले कर्णालीको गेडागुडी, फापर, जौ, कोदो अपहेलित थियो भने अहिले धेरै माग छ ।

अहिले त कर्णालीको ‘मार्सी चामल’ पनि काठमाडौंको बजारमा पाइन्छ । आमसञ्चारमा भएको प्रचारकै कारण यसो भएको हो । त्यसैले कृषि मन्त्रालयले तयार गरेका जानकारी आममानिसमा पुर्‍याउन जरुरी छ ।

कोदो, फापर मधुमेहका लागि स्वस्थकर हुन्छ भन्ने प्रमाणित भएपछि अहिले यी खाद्यवस्तु पाँचतारे होटल, ठूला मलहरुमा पनि पाइन थालेको छ । आममानिसले अहिले कोदोको मम, रोटी, पिज्जा, चाउमिन खोजेर खान थालेका छन् ।

हाम्रो परम्परागत ज्ञान बीचमा हराएको थियो । अहिले वैज्ञानिक अध्ययनले सिद्ध गरेपछि तिनको पुनः खोजी हुन थालेको हो । म त कोदो, फापर, सुप हरेक हप्तामा दुई–तीनचोटि खान्छु । कोरोना महामारीको समयमा धेरै नेपालीले बेसार, मरिच, दालचिनी आदि मसलाको बारेमा धेरै चासो दिए र प्रयोग गरे, जुन हाम्रो परम्परागत भान्सामा प्रयोग हुँदै आएको छ ।

परम्परागतरुपमा गर्भवती तथा सुत्केरी अवस्थामा खुवाइने मसला पनि विशेष किसिमको हुन्छ । यसमा शरीरलाई चाहिने सूक्ष्म पोषक तत्वहरु जस्तो– क्याल्सियम, लौहतत्व आदि भरपूररुपमा पाइन्छ । साथै ज्वानोमा पनि पर्याप्त क्याल्सियम हुन्छ । आमाले खाएपछि शिशुलाई पनि पुग्छ, दूध पनि बढी आउँछ ।

विभिन्न जातजाति तथा समुदायले चाडपर्वहरुमा खाने खानाहरु पनि पौष्टिकताले भरिपूर्ण छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाइने खानाहरु र तिनमा पाइने पौष्टिक तत्वका बारेमा कृषि मन्त्रालयले सूची प्रकाशित गरेको छ । तर यो जानकारी समुदाय र आममानिससमक्ष पु-याउन सकेको छैन ।