२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुतः शत्प्रतिशत उपलब्धि हासिल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्रा गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रतिष्ठानले सो आवमा ८३ अध्ययन अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको छ । त्यस्तै ५० राष्ट्रिय÷अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् । यसैगरी ग्रन्थ प्रकाशन ८१ वटा भएको छ । संस्थाले १२ पत्रिकाका २१ अङ्क पनि सो अवधिमा प्रकाशन गरेको छ । 

यस्तै नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो शब्दकोषलगायत मातृभाषाहरुका शब्दकोषको एकीकृत डाटाबेस पनि निर्माण भएको सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

“कोभिड– १९ पछि सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूलता भए पनि हामीले शत्प्रतिशत उपलब्धि हासिल गरेका छौँ”, उहाँले भन्नुभयो । समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि सहभागी हुनुहुन्थ्यो ।




भर्खरै