२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज रामनवमी पर्व देशभर भगवान् श्री रामलाई पुजाअर्चना गरी मनाइँदै (भिडियोसहित)



अ+ अ-

काठमाडौं । आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पुजाअर्चना गरी मनाइँदै छ ।

त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्मिनुभएको भगवान श्रीरामचन्द्रको सम्झना गर्दै देशभरका रामचन्द्र मन्दिरहरुमा आज भगवान श्रीरामको पुजाअर्चना गरी यो पर्व मनाइँदै छ । काठमाडौंमा बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पुजा आराधनाका लागि भक्तजनहरुको घुँइचो लागेको हो । भक्तजनहरुले भजन, किर्तनसहित पुजा आराधना गरिरहेका छन् ।

भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उहाँलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उहाँलाई उच्च सम्मान गरी पुजा गर्ने गरिएको श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा सम्बद्र्धन समितिका सदस्य सचिव गोविन्द टण्डनले बताउनुभयो । उहाँले भन्नुभयो –  ‘आज श्रीरामनवमी । भगवान श्रीरामको जन्म भएको दिन । भगवान रामलाई मर्यादा पुरुषोत्तम भन्छन् । किनभने उहाँले सबैभन्दा मर्यादामा रहेर काम गरेका हुनाले उहाँलाई पुरुषोत्तम भन्छन् । पुरुषोत्तम भनेको पुरुषहरु मध्येमा भनेको मान्छेमा सर्वश्रेष्ठ भएको हुनाले उहाँलाई हामीले भगवानको रुपमा मानेका छौँ । भगवान रामको अति नै प्रसिद्धी हाम्रो धर्म, संस्कृतिमा छ ।

उहाँ त्रेता युगमा जन्मिनुभएको मानिन्छ । त्रेता युगमा उहाँको जिवनकालमा जहिल्यैपनि उहाँले गर्न खोजेको कुरा रामराज्य । रामराज्य भनेको जहाँ चोर नहोस् । फट्याँइ नहोस् । इमान्दारिता होस् । सत्य, निष्ठामा मानिसहरु रहुन् । र सबै कुरा असल नै असल मानिसहरु बसेर असल कार्य होस् भन्ने चाहाना उहाँको थियो । त्यसैले उहाँलाई हाम्रो संस्कृतिमा अन्त्यन्तै ठुलो मान, सम्मान गरिन्छ । रामनवमीको रुपमा उहाँको भव्य रुपमा पुजा, अर्चना गर्ने चलन छ ।’

वि.सं. १९२८ सालमा निर्माण भएको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा राम, सिता, लक्ष्मण लगायतको मुर्ति रहेको छ । यहाँ आजको दिन बिहानैदेखि भक्तजनहरुको लाइन लागेको छ । मन्दिर व्यवस्थापनले आजको दिनमा करिब ४ लाख भक्तजनले पुजाअर्चना गर्ने लक्ष्य राखेको जनाएको छ । पुजा आराधनालाई सभ्य र व्यवस्थित बनाउनका लागि स्वयमसेवक पनि परिचालन गरिएको सदस्यसचिव टण्डनले जानकारी दिनुभयो ।

आजको दिन भगवान श्रीरामचन्द्रको पुजाअर्चना गर्नेले मनमा चिताएको कुरा पुग्ने जनविश्वास रहेको छ ।