२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा



अ+ अ-

काठमाडौँ । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चालन गरिएकोे छ । हरसिद्धि (जलद्योः) नाच मूल समितिको सक्रियतामा जयवागेश्वरी डबलीमा भइरहेको नाच शुक्रबारदेखि सुरु गरिएको हो । यो जात्रा प्रत्येक १२ वर्षमा ललितपुर महानगरपालिका वडा नं २८ बाट पशुपति क्षेत्रमा ल्याइने गरिन्छ । जात्रा हेर्नका लागि स्थानीयवासी एवं विभिन्न भागबाट आएका दर्शकको भीड लागेको छ ।

जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण पशुपति क्षेत्रमा आएको मूल समिति संयोजक दिलीप वैद्यले जानकारी दिनुभयो । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्थासहित राखिएको छ । हरसिद्धिलगायत विभिन्न स्थानबाट जात्रा लिएर आउनेलाई बस्न र खानका लागि बनाइएको जयवागेश्वरीका विभिन्न सत्तल २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माणका क्रममा रहेकाले देवगणलाई पार्टी प्यालेसमा राख्नुपरेको समितिले जनाएको छ ।

पार्टी प्यालेसमा राखे पनि जात्राका लागि गरिनुपर्ने शुद्धतामा कमी आउन नदिएको संयोजक वैद्यले बताउनुभयो । राजा विक्रमादित्यका पालामा सुरु भएको जात्रा उनकै पालामा रोकिएको थियो । विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको विभिन्न भाषा वंशावलीमा पाइने संस्कृतिविद् मुकुन्दराज वैद्यले बताउनुभयो । अमर मल्लले सुरु गरे पनि बीचमा यो नाच रोकिएकाले राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको थियो । विसं २०६६ अघि पनि करिब आधाशताब्दी जात्रा लोप भएको थियो । करिब ५० वर्षसम्म हरसिद्धिबाट पशुपति क्षेत्रमा नाच ल्याइएन ।हरसिद्धिवासी धर्मगोविन्द महर्जनले पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका बासिन्दा बीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुभयो। तीनै पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु गरिएको हो । अब भने स्थानीय सरकारलगायतको सहयोग लिएर पनि जात्रालाई निरन्तरता दिने प्रतिबद्धता समितिले गरेको छ ।

इतिहासमा उल्लेख भएअनुसार जात्रा सुरु भएको करिब दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटकको परम्परा रहेको पनि संस्कृतिविद् वैद्यले पुष्टि गर्नुभयो । जात्रा चैत २५ गते शुक्रबार पशुपति आएकामा नाचका सबै विधि पूरा गरी आजै बेलुकी सकिने जनाइएको छ । जात्राका लागि रु २० लाख बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइएको थियो ।

ललितपुरको प्राचीन जतल गाउँभित्र हरसिद्धि भवानीलाई विराजमान गराएपछि त्यस स्थानको नाम नै हरसिद्धि रहन गएको हो । विक्रमसेन राजाले नेपालको राज्य पाएपछि गुह्येश्वरीबाट खड्ग र वर लिइ उज्जैनमा पुगेर त्यहाँका सत्रु हराएको र कुल देवता आह्वान गरेर कलशमा राखी हरसिद्धि ल्याएको देवमाला वंशावलीमा उल्लेख छ ।नाचमा विक्रमादित्यका केही प्रसङ्ग पनि नाटकका रुपमा देखाइन्छ । विक्रमादित्यले आराध्य देवीका रुपमा पूजा आराधना गर्ने हरसिद्धि माताकै कृपाले शासन चलाएको विश्वास गरिन्छ ।