• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

रणवीर–आलियाको बिहेको तयारी सुरु, आरके हाउस सजाउन थालियो



मुम्बई । आलिया भट्ट र रणबीर कपूर विवाह गर्न लागेको अभिनेत्रीका काका मुकेश भट्ट र भाइ राहुल भट्टले पुष्टि गरेका छन्।

यसैबीच रणवीरकी आमा नीतु कपूरले पनि केही भन्न हिचकिचाइरहेकी छिन् । तर आलिया र रणबीरको बिवाह हुने ठाउँको भिडियो सार्वजनिक भएको छ ।

बिहेको मितिमा अन्योलता रहे पनि यो जोडीले १४ वा १७ अप्रिलमा सात फेरा लिन सक्ने बताइएको छ ।

विवाहको तयारी तीव्ररुपमा भइरहेको छ । विवाहको लागि पाहुनाहरूलाई निम्तो पठाइएको छ। योसँगै रणवीर कपूरको पुर्ख्यौली घर आरके हाउसलाई पनि सजाउने काम सुरु भएको छ ।

घर सजाउँदै गरेको एक भिडियो सार्वजनिक भएको छ जसमा जसमा आरके हाउसमा डेकोरेशनको काम भइरहेको छ । हाउसको चारैतिर तार टाँगिएको छ। यो हाउसको झिलीमिली रातको उज्यालोमा हेर्नका लागि एक दृश्य हुनेछ।

अर्कोतर्फ आलिया भट्टका सौतेनी भाइ राहुलले भर्खरै विवाहको पुष्टि गर्दै रणवीर र आलियाले विवाह गर्ने बताएका छन्। उनले बिहेको निम्तो पनि पाएका छन् ।

राहुलले विवाहको हरेक संस्कारमा सहभागी हुने बताएका थिए । उनी जिम इन्स्ट्रक्टर भएकाले विवाहमा बाउन्सरको रुपमा उपस्थित हुनेछन् ।

अर्कोतर्फ रणवीर–आलियाको विवाहको बारेमा सोध्दा नीतु कपूरले एक अन्तर्वार्तामा भनिन्, “म विवाह हुन्छ भन्ने आशा गर्छु। मलाई केही थाहा छैन। म सेलिब्रेट गर्न र चिच्याउन चाहन्छु, तर आजकालका केटाकेटीहरु धेरै नै फरक छन्। दुवै धेरै निजी व्यक्ति हुन्। थाहा छैन यो कहिले पूरा हुन्छ, तर यो अवश्य हुनेछ। आशा छ यो छिट्टै हुन्छ किनकि म उनीहरु दुवैलाई माया गर्छु। आलिया निकै प्यारी छिन् । मलाई उनी धेरै मन पर्छ। आलिया र रणवीर एक अर्काका लागि बनेका हुन् । दुवैमा धेरै समानता छ। रणवीरको मन सफा छ । उनीमा कुनै विकार छैन। कसैको लागि ईर्ष्या वा नकारात्मकता छैन। म आलियामा यही गुण देख्छु। उनीहरु दुवैमा अचम्मको विश्वास छ र उनीहरु कसैको बारेमा गलत बोल्दैनन् ।”

योसँगै रणवीर र आलियाको अप्रिल १४ मा मेहन्दी र त्यसपछि सङ्गीत समारोह हुने बताइएको छ । तर अहिलेसम्म कुनै पनि कार्यक्रमका बारेमा ठोस जानकारी बाहिर आएको छैन। नवभारत टाइम्सको सहयोगमा