१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल ब्राइटनसँग स्तब्ध, सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले ब्राइटनसँग पराजय ब्यहोरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग आफ्नै मैदानमा २–१ गोलले स्तब्ध बनेको हो ।

ब्राइटनलाई जित दिलाउन खेलको २८ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले तथा ६६ औं मिनेटमा इनोक एम्वेपुले गोल गरे ।

आर्सनलका लागि ८९ औं मिनेटमा मार्टिन ओडेगार्डले सान्त्वना गोल फर्काए । पराजित आर्सनल ३० खेलबाट ५४ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ भने ब्राइटन ३१ खेलबाट ३७ अंकसहित तालिकाको ११ औं स्थानमा रहेको छ ।

शनिबार राति नै भएको अर्को खेलमा टोटेनहमले एस्टन भिल्लालाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको छ ।

टोटेनहमलाई जित दिलाउन सन हेउंग मिनले ३, ६६ र ७१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गर्दा ५० औं मिनेटमा डेजान कुलुसेभेस्कीले एक गोल गरे ।

जितसँगै टोटेनहम ३१ खेलबाट ५७ अंकसहित तालिकाको चौंथो स्थानमा रहेको छ भने एस्टन भिल्ला ३१ खेलबाट ३६ अंकसहित १२ औं स्थानमा रहेको छ ।