५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल ब्राइटनसँग स्तब्ध, सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले ब्राइटनसँग पराजय ब्यहोरेको छ । शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग आफ्नै मैदानमा २–१ गोलले स्तब्ध बनेको हो ।

ब्राइटनलाई जित दिलाउन खेलको २८ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले तथा ६६ औं मिनेटमा इनोक एम्वेपुले गोल गरे ।

आर्सनलका लागि ८९ औं मिनेटमा मार्टिन ओडेगार्डले सान्त्वना गोल फर्काए । पराजित आर्सनल ३० खेलबाट ५४ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ भने ब्राइटन ३१ खेलबाट ३७ अंकसहित तालिकाको ११ औं स्थानमा रहेको छ ।

शनिबार राति नै भएको अर्को खेलमा टोटेनहमले एस्टन भिल्लालाई उसकै मैदानमा ४–० गोलले पराजित गरेको छ ।

टोटेनहमलाई जित दिलाउन सन हेउंग मिनले ३, ६६ र ७१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गर्दा ५० औं मिनेटमा डेजान कुलुसेभेस्कीले एक गोल गरे ।

जितसँगै टोटेनहम ३१ खेलबाट ५७ अंकसहित तालिकाको चौंथो स्थानमा रहेको छ भने एस्टन भिल्ला ३१ खेलबाट ३६ अंकसहित १२ औं स्थानमा रहेको छ ।