• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

आईपीएलः मुम्बईको लगातार चौंथो हार, बैंगलोरको तेस्रो जित



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं सिजन अन्तर्गत १८ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सात विकेटले जित हात पारेको छ । बैंगलोरले मुम्बई इन्डियन्सलाई हराउँदै सिजनको लगातार तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १५२ रनको लक्ष्य बेङ्लोरले ९ बल बाँकी रहँदै पछ्यायो । आरसीबीका लागि अनुज रावतले सर्वाधिक ६६ रन बनाए भने विराट कोहलीले ४८ रन बनाए । फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबी तेस्रो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

मुम्बईले दिएको १५२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले राम्रो सुरुवात गरेको थियो । कप्तान फाफ डु प्लेसिस र अनुज रावतले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरे । तर, डु प्लेसिसलाई जयदेव उनाडकटले २४ बलमा १६ रन बनाएर आउट गरे । उनी आउट भएपछि अनुज रावत र विराट कोहलीले मिलेर इनिङ्सलाई अगाडि बढाए । दोस्रो विकेटका लागि यो जोडीले ८० रनको साझेदारी गरे । यस क्रममा अनुज रावतले आईपीएल करियरको पहिलो अर्धशतक बनाए । उनी ४७ बलमा ६६ रनमा रनआउट भए । उनले दुई चौका र ६ छक्का प्रहार गरे ।

अनुजको आउट भएपछि विराट कोहली पनि धेरै समय टिक्न सकेनन् । उनी ४८ रनको स्कोरमा डिवाल्ड ब्रेभिसको बलमा एलबीडब्ल्यू आउट भए । सिजनको पहिलो खेल खेलेका ग्लेन म्याक्सवेलले लगातार दुई बलमा दुई चौका प्रहार गर्दै आरसीबीलाई जित दिलाए ।

यसअघि मुम्बई इन्डियन्सले सूर्यकुमार यादवबाट ३७ बलमा अविजित ६८ रन बनाएर १५१ रन बनाएको थियो । सातौं विकेटका लागि सूर्यकुमार र जयदेव उनाडकटले ४० बलमा ७२ रनको साझेदारी गरे । पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । तर, त्यसपछि उसले २९ रन बनाएर ६ विकेट गुमायो ।

मुम्बईको टोलीको ७९ रनमा ६ विकेट खसेको थियो ।.सूर्यकुमारले ३२ बलमा आफ्नो अर्धशतक पूरा गरे । बैंगलोरका लागि हर्षल पटेल र भानिन्दु हसरंगा सर्वाधिक सफल बलर बने । दुवैले समान २–२ विकेट लिए ।

आजको खेलः कोलकाता नाइट राइडर्स भर्सेस दिल्ली क्यापिटल – ३ः४५ बजे
राजस्थान रोयल्स भर्सेस लखनउ सुपर जाइन्ट्स – ७ः४५ बजे