२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर प्रकरण: न्यायाधीस भण्डारी छानबिन समितिमा बस्नु न्यायको आधारमूत मान्यता बिपरित: भट्टराई



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एबं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले गभर्नरको बारेमा सरकारले गठन गरेको छानबिन समितिमा पूर्व न्यायधीस पुरुषोत्तम भण्डारी बस्नु न्यायको आधारभूत मान्यता बिपरित हुने बताउनु भएको छ ।

भट्टराईले भन्नुभयो – गभर्नर माथिको कारबाही पुर्वाग्रही छ ,त्यसमा पनि पुरुषोत्तम श्रीमान छानबिन समितिमा बस्ने कुरा न्यायको आधारभुत मान्यताको बिपरित छ । उहाँले त्यसलाई अस्वीकार गर्नुपर्छ ।

अर्थमन्त्री जनार्दन शर्माले पूर्बाग्रह राखेर गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै सर्बत्र आलोचना भएको छ । भने आफनो दाजु नाता पर्ने सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति समेत गठन गर्नुभएको छ ।

संकटमा परेको अर्थतन्त्रलाई जोगाउन गर्भनर अधिकारीले दिएको सुझाबहरु लाई उपेक्षा गर्नुका साथै अमेरिका बाट आएको शंकास्पद ४० करोड डलर भुक्तानीका लागी गैर कानूनी दवाब दिएको आरोप लाग्दै आएको छ ।