२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रलेस अध्यक्षमा मधुसूदन



अ+ अ-

काठमाडौं । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन हुनुभएको छ । सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ ।

निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गर्नुभयो भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाउनुभयो ।