२० मंसिर २०८२, शनिबार
,
Latest
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण



अ+ अ-

काठमाडौँ । स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो । वरिष्ठ चिकित्सकको सहयोगमा शिविरमा स्थानीयवासी तथा पानीवहाल आसपास क्षेत्रका बिरामी तथा सर्वसाधारणको सामान्य परीक्षण, ज्येष्ठ नागरिकका लागि विशेष परीक्षण, प्रसूतिका साथै पेटसम्बन्धी रोगको जाँच गरिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ अवधारणाबाट सञ्चालित शिवरबाट आफ्नो नगरवासी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्का चिकित्सक डा शैल रुपाखेतीले मानिसले आफ्नो स्वास्थ्यजीवन कायम राख्न आहारविहारमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्य र सङ्गीतका बीचमा सुमधुर सम्बन्ध रहेको बताउँदै ऐतिहासिक सम्पादास्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने नारा उपयोगी रहेको विचार व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले थला नपरिकन अस्पताल जाने प्रचलन नरहेको अवस्थामा केही स्थान तथा क्षेत्र लक्षित गरी घरदैलोमा शिविर सञ्चालन गरेको बताउँदै ती बिरामीको थप परीक्षण तथा उपचारमा अस्पतालले २० प्रतिशतसम्म छुटका व्यवस्था गरेको जानकारी दिनुभयो ।

शिविरमा आउने बिरामी तथा सर्वसाधारणका लागि कुटुम्ब ब्याण्डले साङ्गीतिक कार्यक्रमसमेत सञ्चालन गरेको छ । चिकित्सकको सिफारिसमा बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिएको छ । स्थानीय तीनबहालमा प्राचीन सम्पदाका रूपमा रहेको पोखरी छ ।