२० माघ २०८१, आईतवार
,
Latest
एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री जी गलत समयमा राष्ट्र बैंकका गभर्नरलाई हटाउनु भयो: जयप्रकाश



अ+ अ-

काठमाडाैं । नेपाली काग्रेसका नेता एबं पूर्बमन्त्री जयप्रकाश आनन्दले गभर्नर हटाउने निर्णय गलत भएको जनाउनु भएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ –

यो गठबन्धनको घाँडोले प्रम शेर बहादुर देउवा जीलाई ०५१ साल पछिको राज्य संचालनको बाटोमा डोर्याएको देखिन्छ।आफ्ना निर्णय र कदमहरूबाट आम मानिसमा पर्ने प्रभावको मूल्यांकन बारे बेवास्था भयो। यो सोच आत्मघाती हो।
यदि शासनले रोषयुक्त मौनतामा रहेका जनता माझ आफ्नो निर्णयहरूको प्रतिरक्षा गर्न सक्दैन भने बिपक्षी कथ्यको घोडदौडबाट कुल्चिइनु पर्दछ।
श्रीलंकाको दुरावस्थाका कारणहरू रोमको बेटिकनमा पोपको तहखानामा शताब्दीऔं देखि थन्क्याइएर राखिएको अभेद्य ‘मीथ’ को दस्तावेज होईन। श्रीलंका छर्लंग्न छ आज।
राम्रो अर्थमंत्री हुन “योग्यता र दक्षता” चाहिएला। तर, देशको राम्रो अर्थ व्यवस्था रहे नरहेको कुरा बिनोद चौधरी भन्दा पहिला भोको नागरिकको पिडाले बुझ्छ।
म लामो कुरा नगरूँ ! यति मात्र भन्छु प्रजातन्त्रको कमारो हुँ। प्रधानमंत्री जी, हजूरले गलत समयमा राष्ट्र बैंकका गभर्नरलाई हटाउनु भयो। यो गठबन्धनले तपाईलाई नोक्सान पुर्याउँदैछ। अवश्य पनि नेका नोक्सानीमा पर्छ।