५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

नेपालका पुल र पुल निर्माणबारे जानकारी समेटिएको पुस्तक

नेपालका पुल र पुल निर्माणबारे जानकारी समेटिएको पुस्तक
अ+ अ-

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव तनुकलाल यादवले लेख्नुभएको ‘पाइल फाउन्डेशन फर ब्रिज’ नामक पुस्तक आज सार्वजनिक भएको छ ।

पुस्तकले नेपालका पुलहरूका लागि पाइल फाउन्डेशनसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको छ । पुस्तक सार्वजनिकीकरण समारोहमा भौतिक पूर्वाधार मन्त्रालयलका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपालमा तालिमलगायत पूर्वाधार अभावका कारण भौतिक संरचना अपेक्षित बलियो नभएको बताउनुभयो । उहाँले नेपालमा यस्तो पुस्तकको अभाव रहेको भन्दै पुस्तकले मार्ग निर्देशन दिने तथा समस्याको समाधान निकाल्न महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले नेपालमा निर्माण व्यवसायी र इन्जिनियर सबै आफ्नो क्षेत्रमा जिम्मेवार र इमान्दार बन्नुपर्ने उल्लेख गर्नुभयो । पुस्तकका लेखक यादवले पुस्तकमा नेपालमा प्रयोग गरिएका विभिन्न प्रकारका पुल फाउन्डेशनहरूका साथै वर्किङ लोड विधि प्रयोग गरी भू–प्राविधिक पाइल डिजाइन र सीमा राज्य विधि प्रयोग गरी संरचनात्मक डिजाइनको जानकारी समावेश गरिएको जानकारी दिनुभयो । पुस्तक अखण्डता र प्रतिरोध क्षमता निर्धारण विधिहरू ९स्थिर, उच्च तनाव, र कम तनाव गैर–विनाशकारी गतिशील परीक्षण विधिहरू० र सफ्ट–वेयरमा नयाँ विकासहरूको सन्दर्भका साथ अद्यावधिक गरिएको छ ।

पुस्तकमा चरणबद्ध डिजाइन प्रविधि, निर्माण र गुणस्तर सुनिश्चितता, पुल निर्माण ठेक्का विधि र निर्माणको क्रममा आइपर्ने सामान्य समस्याका साथै तिनका कारण र उपायहरू पनि समावेश गरिएका छन् ।

पुस्तकमा अमेरिका, भारत र नेपालका घटना अध्ययन (केस स्टडी) गरी समग्र दृष्टिकोण प्रदान गरिएको लेखक यादवले बताउनुभयो ।

पुस्तकमा नेपालका जब्दीघाट, कमला पुल, थिमुराब्रिज र घट्टेखोला ब्रिजजस्ता पुल असफल भएका घटनाहरू विस्तृत रूपमा वर्णन गरिएको छ । यसबाहेक, सेल्फ–कम्प्याक्टिङ कङ्क्रिटको परिचय, डिजाइन–बिल्ड अनुबन्ध मोडेलको अध्ययन, संस्थागत वातावरणको वृद्धि र एएचपी मोडेल सबैलाई गहिराइमा समेटिएको छ ।

पुस्तक इन्जिनियरिङ विद्यार्थी, सरकारी एजेन्सी, पुल डिजाइनर, अभ्यास गर्ने इन्जिनियर र पुल निर्माणकर्ताहरूका लागि उत्कृष्ट पाठ र सन्दर्भहरु समेटिएको छ । पुस्तकमा दिइएको सुझावअनुसार विकासका संवाहकका रूपमा रहेका पुलजस्ता भौतिक पूर्वाधारको निर्माण मात्र आफैँमा पूर्ण विषय होइन । यस्ता भौतिक संरचनाहरूको टिकाउ र दिगोपनामा पनि निकै ध्यान दिनुपर्ने हुन्छ ।

केही समय यतादेखि देशका विभिन्न भागमा पुल निर्माण हुने क्रम तीव्र छ । साथै यी पुलहरू सम्पन्न नहुँदै वा निर्माणकै क्रममा लच्किने, भाँचिने गरेका खबरले सञ्चारमाध्यममा ठूलो ठाउँ पाएको छ । सरकारी आँकडानुसार यसवर्ष २०७८ सालमा निर्माण सम्पन्न भइसकेका वा निर्माणकै क्रममा रहेका आठ वटा पुलमा क्षति भइसकेको छ ।

यसैगरी नौवटा पुल निर्माणका क्रममा नदीको माथिल्लो भागमा आएको बाढीका कारण क्षति पुगेको छ । यी तथ्याङ्कहरूको विश्लेषणबाट नेपालमा निर्माण भइरहेको पुलको डिजाइन, निर्माण वा कच्चा सामग्रीको प्रयोगमा गरिने भ्रष्टाचार एवं लापरबाही नै पुलमा देखिने समस्याका प्रमुख कारक रहेको मान्न सकिन्छ ।

बारम्बारका यस्ता घटनाले पुलजस्ता भौतिक संरचना निर्माणमा कमसल कच्चा सामग्रीको प्रयोग तथा आधारभूत निर्माण मापदण्डको पालना हुन नसक्नु नै प्रमुख समस्या हुन् । यस्ता कमजोर संरचनाका कारण राष्ट्रिय सम्पत्तिको नोक्सान हुनुका साथै मानिसको ज्यानै जाने खतरा रहन्छ । त्यसैले सडक र पुलजस्ता राष्ट्रिय सम्पत्तिको निर्माणमा गम्भीर ध्यान जानुपर्छ ।

सो अवसरमा सहभागी वक्ताहरुले सरकारी निकायकै गम्भीर कमीकमजोरीका कारण पुलजस्ता भौतिक संरचना निर्माणमा करोडौँको लागतमा ठेक्का लाग्ने भए पनि विभिन्न पक्षको मिलेमतोका कारण संरचना निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको बताउनुभयो ।