• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

हरिणको रगतले नुहाउँछन् रुसी राष्ट्रपति पुटिन ?



एजेन्सी । रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । रुसको आक्रमणका कारण युक्रेनको अवस्था झन् बिग्रँदै गएको छ । झण्डै डेढ महिनादेखि दुई देशबीच युद्ध चलिरहेको छ, तर दुबै देश झुक्न तयार छैनन् । यो युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सबैभन्दा बढी चर्चामा छन् । पुटिनको जीवनशैलीलाई लिएर विभिन्न दाबी भइरहेको छ ।

रुसी राष्ट्रपति पुटिन हक्की नेताका रुपमा परिचित छन् । यसबाहेक पुटिनले विलासी जीवन बिताउँछन् । उनको जीवनशैलीको चर्चा बारम्बार हुने गरेको छ । विलासी जीवन जिउने रुसका राष्ट्रपतिको नुहाउने तरिका पनि बिल्कुलै फरक छ । भ्लादिमिर पुटिनले हरिणको रगतले नुहाउने गरेको एक रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार रुसी राष्ट्रपति पुटिनले हरिणको रगतले नुहाउने गरेका छन् । साथै, उनले क्यान्सर विशेषज्ञसँग पटकपटक भेटघाट गरेको बताइएको छ ।

राष्ट्रपति पुटिनले हरिणको सिङबाट निकालिएको ‘अर्क’ले नुहाउने गरेको मिडिया रिपोर्टले दाबी गरेको छ । भनिन्छ, यसरी नुहाउँदा पुटिनको शारीरिक शक्ति बढ्छ ।

यस्तै, पुटिन जहाँ जान्छन्, त्यहाँ उनीसँगै क्यान्सर विशेषज्ञ पनि साथमा हुन्छन् । यो दाबी बाहिर आएपछि पुटिनका बारेमा धेरै कुराहरु भइरहेका छन् ।

रुसो–युक्रेन युद्धका कारण पुटिन आफ्नो स्वास्थ्यप्रति बढी सचेत छन् । जसकारण हाल पुटिन कुनै पनि यात्रामा निस्किनुपरेमा सेन्ट्रल क्लिनिकल अस्पतालका डाक्टरहरूसँग मात्र जान्छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको चिकित्सक टोलीमा क्यान्सर विशेषज्ञ इभजेनी सेलिभानोभ पनि सामेल छन्। सेलिभानोभले पुटिनसँग ३५ पटक यात्रा गरिसकेका छन् ।

पुटिन यतिबेला स्वास्थ्य सम्बन्धी धेरै समस्याबाट त्रसित रहेको बताइन्छ । पुटिनले नुहाउन हरिणको सिङको रगत प्रयोग गरेपछि रुसमा एन्टलर बाथ बढेको छ । हरिणको सिङको रगतले कार्डियोभेस्कुलर सिस्टम र छालालाई पुनः जिवित गर्ने विश्वास गरिन्छ । पुटिन बाहेक रुसका धेरै धनी मानिसहरुले यसले नुहाउने गरेको बताइएको छ ।