२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बार निर्वाचन : गठबन्धनको क्लीन स्वीप (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता साझेदार दलनिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ ।

अध्यक्ष पदमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्ता साझेदार दलनिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

अध्यक्ष पदमा घिमिरेले विष्णुमणि अधिकारीलाई पराजित गरेका हुन् । घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत हुन् भने अधिकारी नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार हुन् ।

त्यस्तै महासचिवमा सत्ता साझेदार उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुमा पनि घिमिरे प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

यही चैत १९ गते भएको निर्वाचनमा सात हजार ४२९ मत खसेको थियो ।