२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ६३.९८ अंकले गिरावट, ३ अर्ब ६२ करोडको कारोबार



अ+ अ-

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ । 

बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।  मंगलबार भने महाशिवरात्री पर्वको कारण शेयर बजार बन्द भएको थियो ।

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३.६५ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, लगानी, जीवन बीमा उत्पादन तथा प्रशोधन, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक र स्वाभिमान लघुवित्तको शेयरमूल्य बढेको छ । जसमा हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर  नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकमको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।