५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिगणनाका लागि काभ्रेमा ८६ गणक र २२ सुपरीवेक्षक खटाइँदै



अ+ अ-

बनेपा । सातौं राष्ट्रिय कृषिगणनाका लागि काभ्रेपलाञ्चोक मा ८६ गणक र २२ सुपरीवेक्षक खटाइने भएको छ ।

प्रत्येक १० वर्षमा गरिने कृषिगणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म हुनेछ । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको कृषिगणनामा तथ्याङ्क सङ्कलनका लागि गाउँगाउँमा गणक र सुपरीवेक्षक खटिने भएको हो ।

गणनामा कृषकले चलान गरेको जग्गा तथा पशुपन्छीपालन, अन्य खेतीलगायत विविध विषयसम्बन्धी विस्तृत विवरणहरू सङ्कलन गरिनेछ । त्यस्तै कृषि विकासका लागि स्थानीय, जिल्ला र प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा गर्न, नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै गणनामा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण उपलब्ध गराउन, कृिषसम्बन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यका सूचकका लागि आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउन, कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तयार गर्ने र समग्र कृषि तथ्याङ्कको स्तर बढाउने उद्देश्यअनुरुप केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय कृषिगणना–२०७८ सुरु गर्न लागिएको हो ।

यसका लागि जिल्लामा आगामी वैशाख ३ गतेसम्म गणक र सुपरीवेक्षकलाई तालिम प्रदान गर्न लागिएको जिल्ला तथ्याङ्क अधिकृत दिपक कोइरालाले बताउनुभयो । तीन महिनाका लागि सुरु हुन लागेको सो अभियान यसअघि नै पुस, माघ र फागुनमा सकिनुपर्नेमा विविध कारणले गर्दा आगामी जेठभित्रमा सम्पन्न गर्नेगरी राष्ट्रयव्यापीरुपमा अभियान सुरु हुन लागेको उहाँले बताउनुभयो ।

नमूना सङ्कलन विधिका माध्यमबाट हुन लागेको कृषिगणनाका लागि जिल्लाको २२७ स्थानमा गणक खटाइने तयारी भएको छ । सो क्रममा घरपरिवारले गरेको कृषिकार्य, संस्थागत कृषिकार्य (सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायले गरेका कृषिकार्य) र वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समेटिने जिल्ला तथ्याङ्क अधिकृत कोइरालाले बताउनुभयो ।

जिल्लाका १३ वटा स्थानीय तहमध्ये धुलिखेल र बनेपा नगरपालिकाभित्रमा १८ वटा गणना क्षेत्रमा सात जना सुपरीवेक्षक र दुई गणक, पनौती नगरपालिकाका लागि २० वटा गणना क्षेत्रमा आठ गणक र दुई सुपरीवेक्षक, मण्डनदेउपुर नगरपालिकामा २२ वटा गणना क्षेत्रमा आठ गणक र दुई सुपरीवेक्षक, नमोबुद्धको १९ र पाँचखाल नगरपालिकाको २० वटा गणना क्षेत्रका लागि आठ गणक र दुई सुपरीवेक्षक खटाइने भएको छ ।

त्यस्तै जिल्लाको चौँरीदेउराली र भुम्लु गाउँपालिकाको १६-१६ वटा गणना क्षेत्रका लागि छ गणक र दुई सुपरीवेक्षक, रोशी गाउँपालिकाको १८ गणना क्षेत्रका लागि छ गणक र दुई सुपरीवेक्षक, महाभारत गाउँपालिकाको १५ गणना क्षेत्रका लागि छ गणक र एक सुपरीवेक्षक, खानीखोला गाउँपालिकाको १४ गणना क्षेत्रका लागि पाँच गणक र दुई सुपरीवेक्षक, तेमाल गाउँपालिकाको १६ गणना क्षेत्रका लागि छ गणक र एक सुपरीवेक्षक तथा बेथानचोक गाउँपालिकाको १५ गणना क्षेत्रका लागि पाँच गणक र एक सुपरीवेक्षक खटाइने भएको छ ।