२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारको अध्यक्षमा घिमिरे सुनिश्चित



अ+ अ-

काठमाडौँ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानून व्यवसायी समूहबाट नेपाल बार एसोसिएसनको अध्यक्षमा चुनाव लडेका गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ ।

पछिल्लो मतगणनाअनुसार घिमिरेले तीन हजार ७२८ मत पाइसकेका छन् भने प्रतिस्पर्धी विष्णुमणि अधिकारीले एक हजार ९७७ मत पाएका छन् ।

घिमिरे अधिकारीसँग एक हजार ७५१ मत अन्तरले अगाडि छन् । अब गणना हुन बाँकी करिब एक हदार ५०० मत मात्र बाँकी रहेकाले घिमिरेको जित सुनिश्चित भएको हो ।

महासचिव पदमा पनि घिमिरे प्यानलबाट उम्मेदवारी दिएकी अन्जिता खनालले तीन हजार १७५ र उनका प्रतिस्पर्धी केदार कोइरालाले दुई हजार ३४५ मत हासिल गरेका छन् । खनालको पनि जित सुनिश्चित जस्तै छ ।