५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापन गर्न अति जरुरी, यसबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छः प्रधानमन्त्री (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनु भएको छ ।

बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनु भएको हो । उहाँले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरी टेम्पो लगायतका साना सवारीसाधन सञ्चालन गरिएको भन्दै काठमाडौंको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले फोहोर व्यवस्थापन गर्नका लागि सरकारबाट चाहिने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो । सुन्दर शहर काठमाडौं अहिले फोहोरको थुप्रो भएको भन्दै प्रधानमन्त्री देउवाले काठमाडौंलाई सुन्दर र हरियाली बनाउनु आजको आवश्यक्ता भएको बताउनु भयो । उहाँले फोहोरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्याँस निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले फोहोरबाट बिजुली र ग्याँस निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेण्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्याँस निकालेर दिएका थिए । त्यसले टेम्पो जस्ता साना सवारीसाधनहरु चलाउने व्यवस्थापन गरेको देखेँ मैले । त्यसकारण यसको व्यवस्थापन गरेर त्यसको ट्रिटमेण्ट गरेर फोहोर व्यवस्थापन र बिजुली, ग्याँस दुई वटै निकाल्न सकिने सम्भावना बढेको छ । यो काम नेपाल आफैँले गर्नसक्छ । विदेशी पनि इन्भेष्टमेण्ट गर्न तयार छन् ।

काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइट भन्दा पनि यसलाई ट्रिटमेण्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ ।’

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एशियामा टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताउनु भयो । उहाँले फोहोरको उचित व्यवस्थापन गर्नसकेमात्रै पनि कतिपय रोगहरुको निवारण हुने बताउनु भयो ।