५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइफाइडबिरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न स्वास्थ्यमन्त्रीको निर्देशन (भिडियोसहित)



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रवार) बाट शुरु हुने टाइफाइडबिरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

बिहीवार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सम्बन्धित अभियान कर्ताहरुलाई कुनै बहाना नगरी टाइफाइडबिरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिनुभएको हो । मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नजिकीरहेकोले विभिन्न बहानामा खोप अभियान भड्काउन खोज्ने भन्दै कुनै बहाना नगरी काममा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले नेपाल टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एशियामै पहिलो राष्ट्र भएको बताउनु भयो । उहाँले यो अभियान भोलि ९शुक्रवार० बाट देशव्यापी रुपमा ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्रमा सञ्चालन हुने पनि बताउनु भयो । उहाँले यसअघि ११ प्रकारका खोप नेपालमा राष्ट्रव्यापी रपमा शुरु भइसकेको र अब टाइफाइड बिरुद्धको खोप लगाएसँगै नेपालमा १२ किसिमका खोप अभियान राष्ट्रव्यापी रुपमा शुरु हुने बताउनु भयो । उहाँले यो अभियानमा लाग्ने अभियान कर्ताहरुलाई स्थानीय तहको निर्वाचनका कारण प्रभावित भयो भन्ने बहाना नबनाइ काम सम्पन्न गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘विश्व स्वास्थ्य दिवसकै दिन पारेर हामीले टाइफाइडबिरुद्धको खोप सञ्चालन गर्ने देशव्यापी रुपबाट यो अभियान भोलिबाट सञ्चालन गर्ने र आज आज प्रधानमन्त्रीज्यूबाट यस खोपको हस्तान्तरण गर्ने, यो अभियान भोलिबाट देशव्यापी रुपबाट ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्र ५० हजार ठाउँमा हामी यो अभियानको रुपबाट सञ्चालन गर्दैछौँ । चैत्र २५ गतेबाट वैशाख १८ गते भनेको लगभग २४ दिन हामी सम्पूर्ण रुपबाट झन्डै ७५ लाख १५ महिनादेखि १५ वर्षसम्मको उमेरसमूहका बालबालिकाहरुलाई टाइफाइडबिरुद्धको खोप लगाउने अभियानमा संकल्पवद्ध हुनलाई भेला भएका छौँ । हामी केही दिनभित्र अर्को एउटा खोप राष्ट्रव्यापी रुपबाट सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्दैछौँ ।’

मन्त्री खतिवडाले अबको केही दिनमा अर्को एउटा खोप राष्ट्रव्यापी रुपमा सबै नागरिकलाई हुनेगरी सञ्चालन गर्ने पनि घोषणा गर्नुभयो ।