२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनजङ्घा हिमाल आरोहणका लागि प्रस्थान गरिन् पूर्णिमा श्रेष्ठ



अ+ अ-

काठमाडौँ। गत असोज १५ गते धवलागिरिको सफल आरोहण गरेकी पूर्णिका श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालको आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेकी छन् ।

फोटो पत्रकारसमेत रहेकी उनले यही वसन्त ऋतुमा कञ्चनजङ्घा हिमाल आरोहण गर्ने बताएकी थिइन्। उनले पैदलमार्ग भएर कञ्चनजङ्घा आरोहण गर्ने जानकारी दिएकी थिइन् ।

विश्वको सातौँ अग्लो हिमाल धवलागिरिको सफल आरोहण गर्ने उनी तेस्रो नेपाली महिला हुन् । आठ हजार १६७ मिटर अग्लो धवलागिरि यसअघि पासाङ ल्हामु शेर्पाले आरोहण गरेकी थिइन् भने अकिताले पूर्णिमासँगै आरोहण गरेकी थिइन् ।

उनले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्ने आफ्नो सपना पूरा गर्न लागेको बताइन् । यसअघि उनले सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल, २०२१ मा धवलागिरि र अन्नपूर्णसमेत आरोहण गरेकी थिइन् ।