२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैशाख १ गते १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने (भिडियोसहित)



अ+ अ-

काठमाडौं । कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवद्र्धधन गर्न बैशाख १ गते १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ ।

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रबद्र्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते देखि बैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो । कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुनत्र्थानको लागि सडक महोत्सन।व गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनु भयो ।

उहाँले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाख भन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताउनु भयो । संयोजक सुवेदीले महोत्सवमा ३५ लाख खर्च हुने बताउनु भयो । उहाँले भन्नुभयो,‘पछिल्लो समय नेपाली नयाँ वर्ष मनाउने प्रचलन बढेकाले आन्तरिक पर्यटक नै १७ औं फेवा नव वर्ष महोत्सवमा १ लाख भन्दा बढी कट्ने अनुमान लगाएका छौं । कारोबारको हिसावमा व्यापार भन्दा पनि पोखराको पर्यटन प्रवद्र्धधन गर्ने उद्देश्य रहेको छ । संस्थाले घाटा नै खाएर भए पनि महोत्सव भए पनि ३५ लाख रुपैयाँ खर्च हुन्छ । ३० लाख रुपैयाँ उठि सकेको छ । बाँकी ५ लाख घाटा रहेको छ । पोखराको सबै होटल गरेर पर्यटकको लागि बेड क्षमता ४० हजार रहेका छन् । अहिले थग्न सक्ने अवस्थामा छौं ।’

त्यस्तै,होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवद्र्धन गर्न सरकारले बजेट मार्फत केही नीति ल्याए पनि कार्यान्वयन। नगरेको बताउनु भयो । सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफै पोखराको पर्यटन प्रवद्र्धधन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताउनु भयो । उहाँले पछिल्लो समय नेपालमा भारत लगायत अन्य देशका पर्यटन बढ्दै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ पर्यटन प्रवद्र्धधनको लागि सरकारले बजेट मार्फत व्यवस्था गरेका नीतीहरु लागू गर्न सकेको छैन । सरकारले घोषणा गरेको १० दिने पर्यटन काँज एक महिनाको निशुल्क पर्यटन भिसा केही पनि लागू भएको छैन । तर चालु आर्थिक वर्ष सकिन लागेको छ । सरकारले बोलेका कुरा पूरा मात्रै गरे पनि हुनी हो। बोल्ने तर चुप लागेर बस्ने काम भएको छ । देशको पर्यटकिय राजधानी पोखरामा पर्यटन प्रवद्र्धधन गर्ने हामी लागि परेका छौं । यो महोत्सव आयोजना गरेर राम्रो काम गरेको छ । भारतबाट पनि धेरै पर्यटक आउन थालेका छन । काठमाडौं आए पछि पोखरा जाने गरेका छन्।’’

महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुती,ख्याती प्राप्त कलाकार प्रस्तुती र हास्यव्यग्य समेत हुने छ ।