२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

-याम्पमाथि अद्वितीय प्रतिविम्ब



अ+ अ-

काठमाडौँ। सिर्जना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रममध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्य्राजुएसन फेसन शो सम्पन्न भएको छ ।

सोह्रौँ संस्करणका रुपमा प्रस्तुत गरिएको ‘जर्नी अफ फेसन’अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘अद्वितीय प्रतिविम्ब’ शीर्षकमा विद्यार्थीको फेसन कलाको अनुभव गर्न पाइएको थियो । काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको उक्त सोमा साँझको समय छिप्पिँदै जाँदा -याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो र एकपछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप, रङ, स्वरुप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडल रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा ११ वटा विभिन्न अवधारणाबाट प्रेरित ८२ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनलाई प्रदर्शन गरिएको थियो । ती सुन्दर पहिरनका परिकल्पनाकार एवं सिर्जनाकर्ता पनि ८२ जना नै थिए । हरेक प्रस्तुतिअन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपिसका रुपमा क्रिएटिभ डिजाइनलाई ¥याम्पमा देख्न पाइएको थियो ।

तेइस युवती मोडल र आठ युवा मोडलको प्रस्तुतिमा सम्पन्न भएकोे उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हाल्नुभएको थियो । करिब तीन घण्टासम्मको अद्वितीय प्रतिविम्बको यात्रामा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडिजबाट प्रेरित शैली, पिसेस् अफ ड्रिम, टाइम स्टे«टममा केन्द्रित पहिरन देख्न पाइएको थियो ।

यसैगरी बोटबिरुवा र तीसँग जोडिएको अन्डर ग्राउन्ड जीवन, समुद्री जीवनशैली, घृणा र प्रेमसित जोडिएको मनोभाव, राशिबाट प्रभावित स्वरुप, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा फेसन डिजाइन बन्ने सपना बोकेका नमूना कलेज अफ फेसन टेक्नोलोजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्ट शीर्षकअन्तर्गतको फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको अन्तिम परीक्षाका रुपमा उक्त ड्रेस निर्माण गरेका थिए । रासस