• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ?

सिद्धार्थ बैंकले बाँसबारी क्लबलाई सह-प्रयोजन गर्ने



काठमाडौं । बाँसबारी क्लबलाई सिद्धार्थ बैंकले सह–प्रायोजन गर्ने भएको छ । हाल सहिद स्मारक बि डिभिजन लिगमा प्रतिस्प्रर्धा गरिरहेको बाँसबारी क्लबसंग बैकले  एक बर्षको लागि सह-प्रायोजन सम्झौता गरेका हो ।

बैकले चार लाख रुपैयाँको प्रायोजन सम्झौतामा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले हस्ताक्षर गर्नुभएको छ ।

बाँसबारीको मुख्य प्रायोजकको रुपमा अराउन्ड द हिमालयज प्रालि रहेको छ । अराउन्ड द हिमालयजले क्बललाई १० लाख रुपियाको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो ।

यसै गरी क्लबको सह–प्रायोजक चोयु ट्रेकिङ प्रा.लि. हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रा.लि. रहेका छन् ।




भर्खरै