काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताएका छन् ।
राजधानीमा सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आज नै मन्त्रिपरिषद् विस्तार गरेर सपथ ग्रहण पनि आजै हुने बताएका हुन् ।
प्रचण्डले भने, 'सकेसम्म आजै क्याबिनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभए पनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ ।’
सरकार गठन भएको ८० दिन नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेर चर्को आलोचना खेप्दै आएका छन् ।