१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकले हटायो आशुतोष राणाको ‘शिव ताण्डव’



अ+ अ-

एजेन्सी । आशुतोष राणा बलिउडका चर्चित अभिनेता हुन् । उनी आफ्नो स्वर, भाषा र कविताबाट चर्चितछन् । 

आशुतोष सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । उनको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइँदै आएको छ ।

महाशिवरात्रिको अवसरमा आशुतोष राणाले आफ्नो स्वरमा शिव ताण्डव स्तोत्रको हिन्दी अनुवाद विमोचन गरेका थिए । महाशिवरात्रिको पूर्वसन्ध्यामा रिलिज भएको यो भिडियो केही घण्टामै लाखौंले हेरे । 

प्रसिद्ध कवि तथा गीतकार आलोक श्रीवास्तवले यसको हिन्दी अनुवाद लेखेका छन् । आशुतोष राणाले यो भिडियो आफ्नो फेसबुक अकाउन्टमा सेयर गरे । तर फेसबुकले उक्त भिडियो हटायो । 

जसमा प्रश्न उठाउदै उनले फेसबुकलाई यस सम्बन्धमा संवेदना लिन आग्रह गरेका छन् ।

आशुतोषले ट्वीट गर्दै फेसबुक टिममाथि गम्भीर आरोप लगाएका छन् । उनले लेखेका छन्– छक्क परें । फेसबुक मेटा टोलीले मेरो शिव ताण्डव भिडियोलाई मेरो टाइमलाइनबाट स्वचालित रूपमा हटाएको छ। यो किन भयो मैले बुझिन। उनले थप लेखेका छन्– ‘मैले न त डिलिट गरेको छु न त त्यो भिडियोले कसैको भावनामा चोट पुर्‍याएको छ‘ न त यो फेसबुकको नियमविपरीत हो । फेसबुकले यस सम्बन्धमा ध्यान दिनुपर्छ।