४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था छैन्- चन्द्र ढकाल (भिडियोसहित)

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था छैन्- चन्द्र ढकाल (भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताउनु भएको छ ।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्था भने नपुग्ने बताउनु भएको हो । उहाँले हामीले स्वदेशमा उत्पादित बस्तुहरुको जबसम्म उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने बताउनु भयो । उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने , राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरुको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिदैन। त्यति बेलासम्म वास्तविक रुपमा आर्थिक सर्मद्धि हुँदैन । कोरोना महामारीले हामीलाई धेरै कुराहरु सिकाएको छ । महामारीको अवस्थामा पनि बाच्न सक्ने अवस्था बनाएको थियो । त्यो सिकाईलाई पूँजीमा लगानी गर्नू पर्छ । अहिले विदेश आउने रेमिट्यान्स कम भएको अवस्था छ ।

मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सरकारले विलासिताका वस्तु आयातमा रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति करिव ७ महिनालाई धान्ने अवस्थामा रहेकाले अर्थतन्त्रको विषयमा प्यानिक हुने अवस्था छैनौं भन्ने लाग्छ । तर हामीले यसो भन्दै गर्दा स्वदेशी उत्पादनलाई र अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न सक्यो भने अहिलेका चुनौती पूर्ण अर्थतन्त्रको सामना गर्न सक्छौं । श्रीलंकाको जस्तो अवस्था जस्तो हुन्छ भन्ने लाग्दैन । अर्थतन्त्र सुधार गर्न खालका काम गर्न नीजी क्षेत्रलाई आग्रह गर्दछु ।’

त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताउनु भयो । उहाँले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गर्नु भयो । उपाध्यक्ष ढकालले बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको बताउनु भयो । उहाँले बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गर्न भयो ।

उहाँले भन्नुभयो,‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरुले ब्याजदर बढाएका थिए । तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुनसक्दैन । यस्तो अवस्थामा व्यवसायीक गतिविधिहरु अगाडि बढ्न सक्दैन ।’

त्यस्तै पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भिर नभएको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाउनु भयो । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताउनु भयो । उहाँले उद्योगी व्यवसायीको खस्केको मनोवल कसरी बढाउने भन्ने विषयमा सरकार गम्भिर नभएको आरोप लगाउनु भयो । पूर्वराज्य मन्त्री दुगडले सरकारले नीजि क्षेत्रलाई हेपेर अपराधिको जस्तो व्यवहार गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिलेको अवस्थामा नीजी क्षेत्र व्याकुल भएका छन् । मुलुकको अर्थतन्त्रको अवस्था देखेर नीजी क्षेत्र चिन्तामा रहेको छ । अहिलको गठबन्धन सरकारले अहिलेको अवस्थामा नीजी क्षेत्रका कुनै पनि संस्थाहरुसँग छलफल गर्न समेत सकेको छैन । प्रतिपक्षसँग कुनै छलफल समेत गर्ने कुरा सोचेको छैन । उद्योगी व्यवसायीहरु र पतिपक्षहरुसँग छलफल गरे मात्रै पनि समस्याको समाधान खोज्न सक्छौं । उद्योगी व्यवसायीहरुको मनोवल खस्किएको अवस्था छ । उद्योगी व्यवसायीको मनोवल कसरी बढाउने भन्ने विषयमा सरकार गम्भिर भएको छैन ।

यता बजारमा तरलताको अभाव छ । सरकार यहि गतिमा जाने हो मुलुकको अर्थतन्त्र समाप्त हुन सक्ने अवस्था पुग्ने देखिन्छ । तर अव नीजि क्षेत्रले अर्थतन्त्र समाप्त दिन नहुँदैन् । सरकारले नीजि क्षेत्रलाई हेपेर बसेको छ । निजी क्षेत्रलाई काम गर्न दिइर्दैन मनोवल तोड्ने काम गरिन्छ । व्यवसायीहरुलाई सरकारले अपराधिको रुपमा हेरको छ । उद्योगी व्यवसायीहरुले सानो गल्ति गर्यो भने व्यवसाय उद्योग नै बन्द गराउने तथा सरकारका मन्त्रीहरु होटलहरु बन्द गराएर हिरो भएर हिड्ने गरेका छन ।’

पूर्वराज्य मन्त्री दुगडले उद्योगी व्यवसायीहरुले सानो गल्ति गर्दा समेत सरकारले उद्योग बन्दै मन्त्रीहरु हिरो बन्ने काम गरेको बताउनु भयो ।