२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम



file
अ+ अ-

नेपालगञ्ज । बाँकेमा जति चुनावी सरगर्मी बढ्दै गएको छ त्यति नै विकासका काम पनि तीव्र गतिमा अघि बढ्दै गएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ । वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट रु ९० लाख बराबरका सात पिसिसी सडकको बजेट चालु आर्थिक वर्षमा ल्याउनुभएको थियो । सो बजेटबाट उपमहानगरपालिकामार्फत ठेक्का भई निर्माणको काम अघि बढेको हो । उक्त बजेटबाट सुरु गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले जानकारी दिनुभयो ।

उहाँले कार्यकालको अन्तिम समयमा पनि वडाभित्र एकसाथ सात सडक निर्माण गर्न थाल्नुभएको छ । वडाको भगवतीटोलमा वडाध्यक्ष बर्माले रु ३० लाखको लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गर्दै हुनुहुन्छ ।

सो बजेटबाट सात सडकमध्ये भगवती टोलमा दुई, उज्ज्वलनगर, शिवशक्ति टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा सडकको निर्माण अघि बढेको छ । उहाँले यसबाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको उल्लेख गर्दै गरिब विपन्न र दलित परिवारका लागि ६५ धारा जडान गरेको समेत जानकारी दिनुभयो ।

वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएको सडक स्तरोन्नति कामसमेत भएको बताउनुभयो । उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ । वडा नं ६ का अध्यक्ष समीरप्रताप सिंहले रु दुई लाख ५० हजारदेखि रु तीन लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । सडकमा पिसिसी र ग्राभलिङको काम भएको छ ।

वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले सङ्घीय सरकारको बजेटमा सडक पूर्वाधारको काम भइरहेको जानकारी दिनुभयो । उहाँले रु २३ देखि रु २५ लाखसम्मका तीन सडक कालोपत्र र तीन सडक पिसिसी ढलान हुने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै चैत मसान्तभित्र सबै कार्य सम्पन्न हुने बताउनुभयो ।