५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई रेभ पार्टी : एनसीबीले क्रूजमा फेरी मारे छापा, ड्रग्ससहित आठ जना पक्राउ



अ+ अ-

एजेन्सी । एनसीबी अधिकारीहरुले मुम्बईबाट गोवा जाने क्रूजमा फेरि छापा मारेका छन्। सोमबार बिहान करिब ६ बजे छापा गरिएको थियो, जसमा अधिकारीहरुले लागुऔषधको ठूलो खेप बरामद गरेका थिए। यसबाहेक, एनसीबी टोलीले अन्य आठ जनालाई हिरासतमा लिएको छ, जसको बारेमा सोधपुछ भइरहेको छ।

यसअघि शनिबार राति पनि एनसीबीको टोलीले त्यही क्रूजमा छापा मारेको थियो जसमा शाहरुख खानका छोरा आर्यन खान सहित आठ जनालाई हिरासतमा लिएको थियो।

एनसीबी अधिकारी समीर वानखेडेको नेतृत्वमा २० अधिकारीहरुको टोली क्रुजमा सोधपुछको लागि आएको थियो, तर यहाँबाट एक ठूलो मात्रामा ड्रग्स बरामद भएको छ। एनसीबी अधिकारीहरूले यस अवधिमा क्रूजमा भएका सबैको सूची पनि तयार पारेका छन्।

ती मध्ये आठ जनालाई हिरासतमा राखिएको छ। स्रोतको अनुसार सूची तयार गरीएको मध्य केहि फरार छन् ।उनीहरुको खोजीमा दिल्लीबाट बेंगलुरु र गोवामा छापा मारेको छ।