३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई रेभ पार्टी : एनसीबीले क्रूजमा फेरी मारे छापा, ड्रग्ससहित आठ जना पक्राउ



अ+ अ-

एजेन्सी । एनसीबी अधिकारीहरुले मुम्बईबाट गोवा जाने क्रूजमा फेरि छापा मारेका छन्। सोमबार बिहान करिब ६ बजे छापा गरिएको थियो, जसमा अधिकारीहरुले लागुऔषधको ठूलो खेप बरामद गरेका थिए। यसबाहेक, एनसीबी टोलीले अन्य आठ जनालाई हिरासतमा लिएको छ, जसको बारेमा सोधपुछ भइरहेको छ।

यसअघि शनिबार राति पनि एनसीबीको टोलीले त्यही क्रूजमा छापा मारेको थियो जसमा शाहरुख खानका छोरा आर्यन खान सहित आठ जनालाई हिरासतमा लिएको थियो।

एनसीबी अधिकारी समीर वानखेडेको नेतृत्वमा २० अधिकारीहरुको टोली क्रुजमा सोधपुछको लागि आएको थियो, तर यहाँबाट एक ठूलो मात्रामा ड्रग्स बरामद भएको छ। एनसीबी अधिकारीहरूले यस अवधिमा क्रूजमा भएका सबैको सूची पनि तयार पारेका छन्।

ती मध्ये आठ जनालाई हिरासतमा राखिएको छ। स्रोतको अनुसार सूची तयार गरीएको मध्य केहि फरार छन् ।उनीहरुको खोजीमा दिल्लीबाट बेंगलुरु र गोवामा छापा मारेको छ।