• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

ऋण लिएर रेल ल्याउन उपयुक्त हुदैन: प्रधानमन्त्री देउवा



file photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रेल आवश्यक भएपनि बनाउन धेरै खर्च लाग्ने बताउनुभयो । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्दे प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा ग्राण्टमा पाए रेल ल्याउन सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘रेल आवश्यकता छ तर रेल बनाउन धेरै खर्च लाग्नसक्छ । त्यसकारण कुनै दातृ राष्ट्रहरुसँग, दातृ संस्थाहरुसित हामीले एकदमै सस्तो व्याजदरमा होस् अथवा ग्राण्टमा होस् । त्यो भयो भने रेल फाइदाजनक हो । फाइदा हुनेछ । रेल ल्याएर महङ्गो भएर फेरी समस्यामा नेपाल नपरोस् । व्यापार घाटा बढेको बढेकै छ त्यसकारण यसमा ध्यान पु-याउनुपर्छ भन्ने लाग्छ ।यस सम्बन्धमा हामी सबै साथीहरुसँग सल्लाह गरेर के गनुपर्छ गर्छौ ।

प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहले काठमाडौं उपत्यकालाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले यो सेवा सञ्चालन हुँदा काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुने बताउनुभएको हो । उहाँले उपत्यकाबाट हुने व्यापारलाई सहजीकरण गर्न र व्यापारको लागत घटाउन बन्दरगाहले सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी वस्तु तथा सेवाको आयात र निर्यातलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सुख्खा बन्दरगाहले भूमिका खेल्ने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो – ‘यसकारण सुख्खा बन्दरगाह सञ्चालनमा आएपश्चात मुलुकको आयात निर्यात व्यापारमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात निर्यातलाई थप व्यवस्थित गरी प्रतिस्पर्धा र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

यो सुख्खा बन्दरगाहको निर्माणले राजधानिलाई अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न कोसेढुंगा हुने मैले अपेक्षा लिएको छु ।’ प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरुको आवश्यकता पर्ने बताउनुभयो । उहाँले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताउनु भयो । उहाँले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक बिलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘बढ्दो व्यापार घाटालाई कम गर्न हामीले एकातिर स्वदेशी कच्चा पद्धार्थ र स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने अवस्था छ ।

यसको अतिरिक्त वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई न्यूनिकरण गर्दै लानुपर्ने अवस्था छ । वैदेशिक व्यापारमा रहेका विभिन्न प्रकारका समस्या समाधान गर्न सरकार निजि क्षेत्रसँग सम्वाद, सहकार्य गर्न तयार छ । व्यापार घाटा कम गर्न नेपालको प्रतिस्पर्धात्मक क्षमता भएको स्वदेशी कच्चा पद्धार्थमा आधारित उत्पादनशील क्षेत्रमा लगानी बढाई निर्यात क्षमता बढाउने र अनुत्पादक विलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न म सम्पूर्ण उद्योगपति, व्यवसायीहरुलाई आग्रह गर्न चाहान्छु ।’

प्रधानमन्त्री देउवाले लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।