१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा

अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताउनु भयो । उहाँले अध्यादेशहरु सकारात्मक रहेको भएपनि सकारात्मकताभित्र खतरनाक कुराहरु समावेश रहेको बताउनु भयो ।

उहाँले सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भएपनि हदबन्दी फुकुवा गर्नेकुरा डरलाग्दो रहेको बताउनु भयो । भूमाफियाहरुको हातमा सरकार गएको महशुस आफूले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अध्यादेशहरु भित्र कतिपय सकारात्मक कानून हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसावले यो गलत छ । सरकारले यो फिर्ता लिनुपर्छ । यो अध्यादेशभित्रका कानूनहरु सकारात्मक छन् । ति सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् । भूमि सम्बन्धीको कुरा सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा ल्याइएको छ ।

सकारात्मक कुरा हो । तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसावले सुकुम्वासीलाई जग्गा दिनेकुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरुको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ ।’

सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको आरोप लगाउनु भयो ।