२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताउनु भयो । उहाँले अध्यादेशहरु सकारात्मक रहेको भएपनि सकारात्मकताभित्र खतरनाक कुराहरु समावेश रहेको बताउनु भयो ।

उहाँले सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भएपनि हदबन्दी फुकुवा गर्नेकुरा डरलाग्दो रहेको बताउनु भयो । भूमाफियाहरुको हातमा सरकार गएको महशुस आफूले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अध्यादेशहरु भित्र कतिपय सकारात्मक कानून हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिका हिसावले यो गलत छ । सरकारले यो फिर्ता लिनुपर्छ । यो अध्यादेशभित्रका कानूनहरु सकारात्मक छन् । ति सकारात्मक कुराले खतरनाक कुरालाई ढाकछोप गरेका छन् । भूमि सम्बन्धीको कुरा सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा ल्याइएको छ ।

सकारात्मक कुरा हो । तर हदबन्दी एक ढंगले फुकुवा गरेर जुन हिसावले सुकुम्वासीलाई जग्गा दिनेकुरा उठाइएको छ, साथै हदबन्दी फुकुवा गर्नेकुरा जे उठाइएको छ, त्यसले भूमाफियाहरुको हातमा यो सरकार गएको त होइन भन्ने प्रश्न उठाउन सकिन्छ ।’

सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको आरोप लगाउनु भयो ।