२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको कार्यक्रममा घम्साघम्सी, कमिटीमा चित्त नबुझ्दा झडप



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको एक कार्यक्रममा झडप भएको छ । सोमबार अखिल क्रान्तिकारीको अध्यक्ष घोषणा गर्ने कार्यक्रममा झडप भएको हो । 

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह घोषित भएकी हुन् । सिंहलाई अध्यक्ष घोषणा गर्ने कार्यक्रममा महासचिवमा दिपेश पुनलाई घोषणा गरेपछि अर्को पक्षले विरोध गरेको थियो। 

घोषणा कार्यकक्रममा दुई समूहबीच केहीबेर घम्साघम्सीसमेत परेको थियो। विधानअनुसार १९९ सदस्यीय कमिटी घोषणा गर्नुपर्नेमा ३९९ सदस्यीय घोषणा गर्न लागेपछि दुई पक्षबीच विवाद भएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि उनी अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा भने अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमार्फत आज गरिएको हो।

सिंहलाई अध्यक्ष बनाउनुअघि प्रचण्डले अखिल क्रान्तिकारीका नेताहरुसँग छलफल गरेका थिए। सोही छलफलपछि सिंहलाई अध्यक्ष बनाउने सुनाइएको थियो। उनि पहिलो महिला अध्यक्ष बनेकी छन्।