१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिहे गर्ने उमेर १८ वर्ष नै ठीक छ’



अ+ अ-

काठमाडौँ । ढिलो विवाह हुँदा पनि अपराधका घटना हुने गरेकाले विवाह गर्ने उमेर घटाउनुपर्ने सांसदहरुले धारणा राखेका छन् । सोमबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले मुलुकी देवानी संहिता २०७४ ले विवाह गर्न कम्तिमा २० वर्ष चाहिने उमेरलाई १८ बनाउनुपर्ने धारणा राखेका हुन्।

कांग्रेस सांसद मीन विश्वकर्माले स्वैच्छिक रुपमा यौन सम्बन्ध राख्न पाउने उमेर १८ वर्ष भएपछि विवाहका लागि २० वर्ष पुग्नै पर्ने प्रावधान उपयुक्त नभएको जिकिर गरे।

 ‘पहिले प्रविधिको कुनै प्रयोग थिएन १६ वर्षमै साबालक हुन्थ्यो । अहिले ४ बर्षको बच्चाले भिडियो गेम खेल्छ । ८ वर्षमा गाडी कुदाउँछ हामी १८ वर्षमा साबालक भन्छौं । यसबारे अध्ययन गरौं र कानुनी सुधार हुनुपर्छ, विश्वकर्माले भने।’

माओवादी केन्द्रका सांसद मातृका यादवले पनि विवाह गर्ने घटाउन आवश्यक भएको बताएका छन् । उनले मधेसमा आर्थिक अवस्थाका कारण छिटो विवाह हुने प्रचलनका कारण पनि २० वर्षमा बिहे गर्ने उमेर तोकिनु राम्रो नभएको उल्लेख गरे।

समिति सभापति कृष्णभक्त पोखरेलले पनि विवाह गर्ने उमेर नेपालीको सन्र्दभमा १८ नै उपयुक्त भएको भनाइ राखे। उनले देवानी संहितामा भएको व्यवस्था परिमार्जनका लागि सरकारलाई सुझाव दिने बताए।