२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस दोलखा सभापतिमा पौडेल पक्षका लामा विजयी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको दोलखाको सभापतीमा बर्मा लामा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय लामाले कृष्ण प्रसाद सिटौला निकट तारा खड्कालाई पराजित गरेका हुन्।

दोश्रो चरणको मतदान पछि लामा ८७७ मत ल्याएर विजयी भएका हुन्।  खड्काले ४८५ मत प्राप्त गरे। कुल खसेको मत १३७३ रहेको छ। 

आइतबार भएको पहिलो चरणको मतदानमा लामाले ६४३, खड्काले ३९७ तथा सभापतिका अन्य प्रत्यासी रुद्र बहादुर खड्का ३५८ र केशव चौंलागाईले ९५ मत ल्याएका थिए। तेस्रो स्थानमा आएका खड्का संस्थापन पक्षका हुन्। उनी १३ औं महाधिवेशनमा जिल्ला सभापति चयन भएका थिए।