• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने



काठमाडौँ । नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पुरा भएको छ। असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ।

अहिले सम्म प्रति व्यक्तिले ६ महिनामा अधिकतम ३० हजार अमेरिकी डलर सम्म पठाउन मिल्ने व्यवस्था थियो भने अब देखि यो सिमा बढेर एक लाख डलर सम्म पठाउन मिल्ने व्यवस्था छ। प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागु हुनेछ।

पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ।

“तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ जस अन्तर्गत रकम पठाएको केहि मिनेट मै नेपालको बैंक खातामा पैंसा जम्मा हुनेछ ” ( हाम्रो पात्रोको संस्थापकर सीईओ शंकर उप्रेतीले बताउनुभयो।