२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा



अ+ अ-

राँझा । बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । सोमवारदेखि शुरु भएकोे गाउँघर निःशुल्क स्वास्थ्य सेवा २८ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यमा बिशेष लगानी गरेको बताउनुभयो ।अध्यक्ष कक्षपतिका अनुसार हरेक वर्ष गाउँ टोलमै पुगेर शिविर सञ्चालन गरी प्रदान गरिएको स्वास्थ्य सेवाबाट जेष्ठ नागरिकलाई राहत पुगेको महसुस भएकोे छ ।जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्यावसहितको निःशुल्क स्वास्थ्य शिविर वडा वडामै सुरु गरिएको खजुरास्थित स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेलले जानकारी दिनुभयो ।

वडा नम्बर २ सितापुरबाट सुरु गरिएको कार्यक्रम चैत २८ गते सोनपुर स्वास्थ्य चौकीमा पुगेर समापन हुने उहाँको भनाइ थियो । नेपालगञ्जका वरिष्ठ चिकित्सक प्रकाश नागसहितको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएका छन् । सोमवार १६८ जेष्ठ नागरिकले जचाएकामा अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।