१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा



अ+ अ-

राँझा । बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । सोमवारदेखि शुरु भएकोे गाउँघर निःशुल्क स्वास्थ्य सेवा २८ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यमा बिशेष लगानी गरेको बताउनुभयो ।अध्यक्ष कक्षपतिका अनुसार हरेक वर्ष गाउँ टोलमै पुगेर शिविर सञ्चालन गरी प्रदान गरिएको स्वास्थ्य सेवाबाट जेष्ठ नागरिकलाई राहत पुगेको महसुस भएकोे छ ।जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्यावसहितको निःशुल्क स्वास्थ्य शिविर वडा वडामै सुरु गरिएको खजुरास्थित स्वास्थ्य शाखाका प्रमुख सुदिप पौडेलले जानकारी दिनुभयो ।

वडा नम्बर २ सितापुरबाट सुरु गरिएको कार्यक्रम चैत २८ गते सोनपुर स्वास्थ्य चौकीमा पुगेर समापन हुने उहाँको भनाइ थियो । नेपालगञ्जका वरिष्ठ चिकित्सक प्रकाश नागसहितको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै आएका छन् । सोमवार १६८ जेष्ठ नागरिकले जचाएकामा अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।