• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

एएफसी कप छनोट अन्तर्गत मछिन्द्रले ब्लु स्टारसँग खेल्दै



काठमाडौं । एएफसी कपको प्रारम्भिक चरण अन्तर्गत आज मंगलबार नेपालको मछिन्द्र फुटबल क्लबले श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

‘ए’डिभिजन लिग विजेता मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्न पाएको थिएन ।

मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रि–म्याच कन्फ्रेन्समा आफ्नो टिम एफएफसी कपको प्रारम्भिक चरणको लागि तयार रहेको बताएका थिए । कटुवालले आफूहरु एएफसी कपको लागि कार्तिकदेखि तयारीमा रहेको जनाउँदै श्रीलंकाको ब्लु स्टार क्लबविरुद्धको खेलको लागि तयार भएको बताएका हुन् ।

प्रशिक्षक कटवालले लिग च्याम्पियन र एएफसी कप खेल्ने योजना बनाएको सोही अनुसारको प्रशिक्षण पनि भएको बताउँदै भने, ‘हामीले लिग च्याम्पियन बन्दै एएफसी कप खेल्ने लक्ष्यका साथ टोली निर्माण गरेका थियौं। लिगमा हामीले सफलता हात पार्यौं। हामी ब्लुस्टारसँगको खेलका लागि तयार छौं।’

ब्लु स्टारका प्रशिक्षक राजमान्य डेभासगयामले पनि मछिन्द्र सिजनको सबैभन्दा बलियो मध्येको टिम भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । उनले श्रीलंका र नेपालको अवस्था उस्तै भएको र खेलाडीहरु तयार रहेको बताए । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा खेल्नेछ ।

यस खेलको टिकट दर भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय तोकिएको छ । खेलअघि सबिन राईको कन्सर्ट हुनेछ ।