१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

४६ करोड ठगीको आरोपमा एमालेका पूर्वसांसद तामाङ पक्राउ



इच्छाराज तामाङ
अ+ अ-

काठमाडौं । नेकपा एमालेका पूर्वसंसद पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा इच्छाराज तामाङलाई सोमबार पक्राउ गरेको हो ।

तत्कालीन सिभिल सहकारी तथा सिभिल बैंकमा राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो।

उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको सिंहले जानकारी दिए। ‘हालसम्म ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ, निवेदन आजै दर्ता भएको हो,’ सिंहले भने, ‘यसबारे विस्तृतमा  जानकारी दिइने छ।’