३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाँणसँग राजदूत बेरीको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो ।

सो अवसरमा  गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)  कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदासमेत दृढ र स्पष्ट विचार राख्दै आएको जानकारी गराउनुभएको थियो ।

“प्रधानमन्त्री देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो”, सो अवसरमा गृहमन्त्री खाँणले भन्नुभयो, “सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्न र एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित रहनुभएकाले सफलता प्राप्त भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।” गृहमन्त्री खाँणले नेपाल र अमेरिकाबीच रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको विषय बताउनुभएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिनुभयो । 
 
राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी अनुमोदन भएको जनाउँदै प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताउनुभयो । उहाँले भन्नुभयो, “एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन् ।” शरणार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने सरकारको निर्णय प्रशंसनीय भएको बताउँदै नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधैँ साथमा रहने विश्वास व्यक्त गर्नुभयो ।