५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ।

बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो।

बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा, प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको छ।

राप बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सोमबार कुरा गर्दै खर्च कटौती गर्दै परीक्षालाई व्यवस्थित गर्न अनलाइनमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरिएको जानकारी दिए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।