१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता लक्षण देखिएका छन् भने टुट्न सक्छ तपाईंको रिलेसन



अ+ अ-

काठमाडौं । के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् ? के उनको नजरले अब तपाईको खोजी गर्दैन ? के तपाईलाई यस्तो लाग्छ कि अब उनी तपाईलाई नजरअन्दाज गर्दैछन् वा तपाईसँग बच्न चाहन्छन् ? हुनसक्छ कि तपाईको पार्टनर यो रिलेसनबाट अब अघाइसेका छन् र अब उनी कुनै पनि हालतमा तपाईसँग रहन चाहदैनन् ।

यदि कोही तपाईसँग अलग हुने बिचार गर्दैछ भने उसको यो निचोडको असर उसको व्यवहारमा पनि देख्न सकिन्छ । यदि तपाईको पार्टनरको व्यवहार केही बदलिएको जस्तो लाग्दै छ अथवा तपाईलाई सबै कुरा सामान्यजस्तो लाग्दैन भने सम्झनुहोस् कि सबैथोक ठीक छैन ।

 के उनको नजर तपाईमाथि पर्दैन ? : तपाईको जीवनमा पक्कै पनि त्यो समय थियो होला, जब पार्टनरको नजर निरन्तर तपाईमाथि पथ्र्यो । तर के अहिले त्यस्तो अवस्था बदलिसकिएको छ रु क्या अहिले उनी तपाईलाई प्रेमपूर्वक हेर्दैनन्/हेर्दैनिन् ? यदि अवस्था यस्तो हो भने तपाई सोच्नुहोस् कि अब तपाईको पार्टनरको मन बदलिसकिएको छ । तपाईको रिलेशन खतरामा छ ।

 कुरा गर्नबाट बच्न खोज्नु : के तपाईका पार्टनर अब तपाईसँग कुरा गर्नबाट बच्न चाहन्छन् ? यसको सीधा मतलव यो हो कि अब उनमा तपाईप्रति कुनै आकर्षण छैन ।
 
हो–हैनमा मात्र जवाफ दिनु : के तपाईले सोधेको प्रश्न तथा तपाईका जिज्ञासामा तपाईको पार्टनरले हो र हैनमा मात्रै जवाफ दिन्छन् ? यदि त्यस्तो हो भने सम्झनुहोस् उनको मनमा तपाईको विषयमा गलत बिचार विकास भइसकेको छ ।

रेस्पोन्स नगर्नु : के तपाईले फोन गर्दा पनि तपाईको पार्टनरले त्यसको रेस्पोन्स गर्दैनन् ? या उनले तपाईलाई रेस्पोन्स गर्नु जरुरी सोच्दैनन ? यदि यस्तो हो भने सजग हुनुहोस्, यो राम्रो संकेत हैन ।