![](https://newspolar.com/wp-content/uploads/2022/04/purna-chandra-dhungel.jpg)
काठमाडौं । बिश्व हिन्दु महासंघले यस बर्षको पाणिनि पुरस्कार विद्यावाचस्पति आचार्य पूर्णचन्द्र ढुंगेललाई प्रदान गर्ने भएको छ ।
आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको, संस्कृत व्याकरणका रचनाकार महर्षि पाणिनिको नामबाट स्थापित पुरस्कार विद्यावाचस्पति आचार्य पूर्णचन्द्र ढुंगेललाई प्रदान गर्न लागेको हो ।
पच्चीस हजार राशि सहितको पुरस्कार महासंघको ४२ सौं स्थापना दिवसको अबसरमा प्रदान गरिने महासंघका अध्यक्ष अस्मीता भण्डारीले जानकारी दिनुभयो । आचार्य पूर्णचन्द्र उपाध्याय महेन्द्र संस्कृत विश्वबिद्यालयका पूर्व उपकुलपति समेत हुनुहुन्छ ।