२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३०.८९ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक गिरावट आएको छ ।

पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से आइतबार ३०.८९ अंक घटेर २ हजार ५१३.४१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंकले गिरावट भएको छ ।

आइतबार कारोबारमा आएका २२५ कम्पनीको ३२ लाख ५३ हजार कित्ता शेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । २२५ कम्पनी मध्ये २९ कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार नेप्सेका १३ उपसमूहमा १२ उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने एउटा मात्रै उपसमूह सामान्य बढेको छ । जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत घटेको छ । त्यस्तै, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक ओरालो लागे पनि आज तीन वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, जाल्पा लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ भने युनाइटेड इदी मार्दीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्सको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने नबिल बैंकको ४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।