१ आश्विन २०८३, बिहीबार
,
Latest
देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध कर्णालीका लागि छ वटा ‘ब’ आवश्यक : मुख्यमन्त्री शाही



अ+ अ-

वीरेन्द्रनगर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा उहाँले कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायले छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि छ वटा ब (बाटो, बिजुली, बिचार, वन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको छ भन्नुभयो । “यहाँका सबै बस्तीमा यी छ ‘ब’ लाई अबलम्वन गर्न नसकेकै कारण कर्णालीको विकास हुन नसकेको हो”, उहाँले भन्नुभयो, ‘यदी कर्णालीका सबै बस्तीमा छ ‘ब’ को अबधारण पुर्‍याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नु पर्ने अवस्था आउँदैन ।”

मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुुली, सिँचाइ, सडक, भवन, सरसफाइलगायतका नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने बताउनुभयो । उहाँले कर्णालीको समृद्धि र विकासका लागि सबैले सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।




भर्खरै